धनगढी। केही वर्ष अगाडी ‘मेरा लाखौँ सायरीभित्र तै मोरिको माया छ, जिन्दगीको डायरीभित्र तै मोरीको माया छ’। गायक प्रमोद खरेलले गाएको यो अति चर्चित गीत उहाँकै शब्दमा बजारमा आएको थियो।
धनगढी कैलाली स्थायी ठेगाना भएका गीतकार थापा बिगत लामो समयदेखी सिर्जनात्मक कार्यमा तल्लीन् छन् । बेलाबेलामा उहाँका सिर्जनहरु बजारमा दर्शक श्रोताहरुले सुन्ने हेर्ने मौका पाईनै रहेका हुन्छन्।
‘हुँदैनकी हाम्रो भेट’ ,’कन्फ्युजन’, ‘ओ डियर’ ,क्याअरम्, लगायत सुदुर पस्चिमेली भाषाको फ्लिम नन्दी मा पश्चिमेलि लवज रहेको दोहोरी फ्लग देउडाखाले चर्चित गित ‘साईबौ’ संगै एल्बम ‘लैजा जोवन’ ‘सुन्तलीका दाना’ जस्ता लेखनमा निरन्तरता दिनेक्रममा दर्जनौँ गितहरु लेखिसकेका उनै गितकार अविनाश थापाद्वारा रचित अर्को नयाँ सिर्जना ‘पिरतीको गित’ बोलको गित दर्शक श्रोताहरु माझ ORS Digitalबाट रिलिज भएको छ।
यस गितको अडियो पक्षमा शब्द थापाको साथै संगित अहिलेका युवापुस्ताका चर्चित संगितकार भिम बि.सि, एरेन्जतर्फ विश्व अधिकारी र गायनतर्फ उदयमान नव गायक वीर कुमार ढाँट तथा चर्चित गायिका अस्मिता अधिकारिको आवाज रहेको छ।उक्त गीतको रेकर्डिङ्ग मारुनी स्टुडियोमा भएको हो ।
भिडियो पक्षमा अभिनय तर्फ चर्चित मोडल गौतम खाती र चर्चित नायिका शील्पा पोख्रेललाई फिचरिङ गरिएको छ भने क्यामरामा उत्सव दाहाल, मेकअपमा अनिता ग्वाचा, म्यानेजरमा दिपेन गौतम,माईकल रहेका गितको निर्देशनचाहिँ चर्चित निर्देशक सुब्रतराज आचार्यले गर्नुभएको हो ।समग्रमा गीत हरेक पक्षबाट राम्रो बनेको निर्माण युनिट साथै गितकार थापाले जानकारी दिएका छन्।विवेक नागरि