डडेल्धुरा। डडेल्धुरामा एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
जिल्लाको पर्शुराम नगरपालिका–४ कटालका टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ का ५२ वर्षीय करनदेब ओझा समेत गरि ६ जनालाई आज शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।