बैतडी। बैतडीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। बैतडीको दोगडाकेदार गाउँपालिका-७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए। शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थमा फेला परेकी हुन्।
सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट मृत्युको कारण भने खुलेको छैन्। घटनास्थलतर्फ प्रहरी खटिएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।