डडेल्धुरा। डडेल्धुरामा चरेससहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक सार्वजनिक गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै प्रहरीले चरेससहित पक्राउ परेका बझाङको बुंगल नगरपालिका-११ कोमलपुरका ३५ वर्षीय धनबहादुर बोहरालाई सार्वजनिक गरेको हो।
अमरगढी नगरपालिका-८ रातो गुँरास रिसोर्ट नजिक सडकखण्डमा हिँडिरहेको अवस्थामा बोहरालाई चेकजाँच गर्दा लुकाइछिपाइ लैजादै गरेको अवस्थामा पक्राउ गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।
बोहराको साथबाट ३ किलो ८०४ ग्राम चरेससहित एक थान मोबाइल, २३ हजार ५ सय ३० नेपाली रुपैयाँसमेत फेला परेको डीएसपी कार्कीले जानकारी दिए। उनकाअनुसार ५ दिन म्याद थप गरेर उनीबारे थप अनुसन्धान भइरहेको छ।