धनगढी। नेपाल खेलकुद महासंघ सुदुरपश्चिम प्रदेश कमिटीले नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक विज्ञप्ती जारी गरेको छ।
नेपाल खेलकुद महासंघ सुदुरपश्चि प्रदेश कमिटीका केन्द्रिय सचिव तथा सुप इन्चार्ज विस्णु चन्द, अध्यक्ष प्रकाश कुमार चन्द तथा सचिव प्रकाश विकद्धारा नेम्वाङको निधनप्रति संयुक्त शोक विज्ञप्ती जारी गरेका हुन्।
सुवासचन्द्र नेम्वाङप्रति शोक विज्ञप्ती जारी गर्दै नेपाली लोकतान्त्रिक आन्दोलका मुल धरोहर,ऐतिहासिक नेपालको संविधान २०७२ निर्माणका नेतृत्वकर्ता, वैचारिक राजनितिक नक्षेत्र,सालिन भद्र एवम् मृधुभाषी व्यक्तित्व, संविधान सभा अध्यक्ष पुर्व सभामुख नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष तथा संसदीय दलका उपनेता सर्वप्रिय नेतृत्व सुवासचन्द्र नेम्वाङको निधनले सिंगो राष्ट्रलाई अतुलनिय क्षती भएको उल्लेख गरिएको छ।
२०८० भाद्र २५ गते राती हृदयघातका कारण भएको अकल्पनिय निधन भएको दुखद घडीमा नेपालको खेलकुद महासंघ सुदुरपश्चिम प्रदेश कमिटीले दिवङ्गत आत्माको चिरशान्तीको कामना गर्दै भावपुर्ण श्रदाञ्जली अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको शोक विज्ञप्ती मार्फत जनाएको छ।सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए ।
उनी इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिनेछ ।नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ । अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।त्यस्तै नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।