धनगढी। सुदूरपश्चिम प्रदेशका सात पहाडि जिल्ला जोड्ने ‘गोदावरी पुल’ बोलको गित सार्वजनिक भएको छ। ‘राजसा’ नामक युट्युव च्यानलमार्फत तीन दिन अघि सो बोलको गित सार्वजनिक भएको हो ।
ओक्टेभ म्यूजिक सेन्टरले निर्माण गरेको सो गितमा स्वर तथा अभिनय राज चौधरीको रहेको छ। एक पानामा गोदावरी पुल लेख्दै शुरु भएको भिडियोमा धनगढी बजारदेखि गोदावरी पुल पुगेको दृष्य रहेको छ । गोदावरी पुलमा गित गाउँदै रमाइरहेका दृष्यिपछि अन्त्यमा अक्षरसहित गोदावरी पुल आसपास फालिएका फोहोरमाथि प्रश्न उठाईएको छ।
गितसंगै अक्षरमा लेखिएको छ –‘के गोदावरी क्षेत्र फोहोरफाल्ने क्षेत्रमात्र हो रु सुन्दर क्षेत्रमा बोतल, प्लाष्टिक, कागजका टुक्रा लगायत फालि दुर्गन्धित बन्दै गएको छ।’सो गितमा युकटिट, द इकटेसी, मोहराइन वेभसफ्ट, म्यूजिक सप र मुस्कान डेन्टर होमको सर्पोट रहेको छ। भिडियोमा राज चौधरीसंगै बल्लभ दाहाल, सिदार्थ अग्रवाल र रेशम श्रेष्ठ पनि रहेका छन्।
सो गितको बोल युट्युवसंगै इन्स्टाग्राम, फेसबुकमा पनि राखिएको छ। काठले बनेको गोदावरी पुलमा अहिले यातायात आवतजावत हुँदैन । सो पुलको विकल्प पक्की पुल बनाइएको छ। काठको पुलमा मानिसहरुले फोटो खिच्ने, भिडियो बनाउने लगायतका काम गर्दै आएका छन्। गोदावरी खोला पर्यटकिय क्षेत्र रहेकाले सो पुलको संरक्षण गरिदै आएपनि अहिले पहिरोको जोखिममा रहेको छ ।