दार्चुला। दार्चुलामा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर २ भगवती ठिङ घर भएर हाल महाकाली नगरपालिका वडा नम्वर ४ विद्यानगर टोल तल्लासैन का ३० वर्षका नरेन्द्र सिंह धामी आफ्नै बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार हरिदत जोशीको घरमा कोठा भाडामा बस्ने धामी आइतबार १:४५ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। आत्महत्याको कारण भने खुल्न सकेको छैन।प्रारम्भीक अनुसन्धानबाट श्रीमती माइत गएको बेला उनले कोठामा झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।