धनगढी। शनिबार रातिदेखिको अविरल वर्षाले बैतडी–दार्चुला जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नाया गाउँपालिका–३ धर्मघर नजिक पहिरो जाँदा आइतबार बिहान ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले शतबाँझ गोकुलेश्वोरको धर्मघर नजिक पहिरो गएपछि यातायात अवरुद्ध भएको बताए ।निरन्तरको वर्षाले सडक खोल्न नसकिएको पनि उनले जानकारी दिए। महाकाली राजमार्ग अवरुद्ध भएपछि दार्चुला जाने सबै यातायातका साधन सडक खण्डमै रोकिएका छन् ।