धनगढी। कैलालीको धनगढी वडा नम्बर २ बालुवाघाटबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्। शनिवार साँझ धनगढी उपमहानगरपालिका–२ बालुवाघाटबाट ७ सय ३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २१ वर्षीय सन्जीव चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोस्ट शान्तिनगरबाट खटिएको टोलीले शँका लागेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आईरहेका चौधरीबाट सो परिमाणमा ब्राउनसुगर फेला पारेको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ । उनी माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।