डडेलधुरा। डडेलधुरामा सडकमाथिबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु भएको छ। सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार मोटरसाइकलको पछाडि सवार १८ वर्षीय राकेश ऐरको सडकमाथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा मृत्यु भएको हो।
दीपायलबाट डडेलधुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरको मोटरसाइकलको पछाडि सवार डडेलधुरा अमरगढी ४ का राकेशको टाउकोमा शनिवार माथिबाट खसेको ढुङ्गा लागेको थियो। गन्यापधुरा गाउँपालिका-२ रडुवास्थित केआई सिंह राजमार्गमा टाउकोमा चोट लागेर गम्भीर घाईते भएका थिए।
उनलाई डडेल्धुरा अस्पताल पुगाइएको भएपनी धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरीएको थियो । उनको आज आइतवार बिहान मृत्यु प्रहरीले बताएको छ। मोटरसाइकल चालक डडेलधुरा अमरगढी नगरपालिका-४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेका छन्। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।