डोटी। सेती नदीमा बगेर साढे २ वर्षका बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार डोटीको शिखर नगरपालिका– ११ सिमारका प्रकाश नेपालीका छोरा रेन्जर नेपाली बगेर बेपत्ता भएका हुन् ।
धुन फुपूसँगै नदीमा लुगा गएका रेन्जर बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।