डोटी। डोटीको एक बिद्यालयमा तोडफोड भएको छ । जिल्लाको सायल गाउँपालिका वडा नम्बर २ ग्वानीमा रहेको जनज्योती आधारभूत विद्यालयमा तोडफोड भएको हो ।
विद्यालयका केही कागजात सडकामा फालेको अवस्थामा भेटिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धन बहादुर सिंहले बताएका छन । विद्यालयमा कसले र किन तोडफोड ग¥यो भन्ने खुल्न नसकेको उनले बताए ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताएका छन । गत असारमा यो विद्यालय भवानी माद्यामिक विद्यालयसँग मर्ज भएको थियो ।विद्यालय गाभ्ने बेला बाल कक्षा यसै ठाउँमा सञ्चालन गर्ने सहमति भएको भएपनि त्यसयता कार्यालय खोल्नेबाहेक यस विद्यालयमा पठनपाठनका भएको छैन ।बिहीबार रातीको अज्ञात समुहले विद्यालयमा तोडफोड गरेको जनाईएको छ ।