धनगढी। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी डडेल्धुरा पुगेका छन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका धामी पार्टीले संचालन गरेको तीन महिने अभियानको क्रममा त्यहाँ पुगेका हुन्।
मन्त्री धामी डडेल्धुराको परशुराम नगरपालिकाका बिभिन्न गाउँ तथा टोलमा पुगिरहेका छन्। परशुराम नगरपालिकाका बिभिन्न गाउँ तथा टोलटोलमा पुगेर जनताका गुनासो र सुझाव सुनिरहेका छन्। परशुराम नगरपालिकाका जनतासँग साक्षात्कार गरिरहेका छन्। आज अभियानको क्रममा नगरपालिकाको वडा नम्बर ३ भिर्कोटका स्थानीयसँग छलफल गरेका छन्।
अभियानको कार्यतालिकासँगै मन्त्री धामीले मन्त्रालयको तर्फबाट जनताका गुनासा र सुझाव पनि सुन्ने गरेका छन् । उनले आफ्नो मन्त्रालयबाट परशुराम नगरपालिकामा केही नयाँ काम सुरु गर्न चाहेको भन्दै त्यसको लागि सुझाव पनि मागेका छन् । तीन महिने अभियानको क्रममा धामीको कार्यक्षेत्र परशुराम नगरपालिकामा परेको छ।