बझाङ।जिल्ला अस्पताल बझाङमामेडिकल अधिकृत लगायतका डाक्टरले छोडेर गएपछि जनशक्ति अभाव भएको छ। अस्पतालमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भएको छ।
१५ शैयाको जिल्ला अस्पताल बझाङमा करारमा कार्यरत तीन जना मेडिकल अधिकृत चिकित्सकले छोडेर गएपछि अहिले चार जना मेडिकल अफिसरको भरमा सेवाहरू सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवराज जोशीका अनुसार जिल्ला अस्पतालमा काम गदै आउनुभएका चार जना चिकित्सक केही पढाइका लागी त कसैले अन्य प्रोजेक्टमा अवसर पाएपछि छोडेर गएका छन्।
छोडेर गएका डाक्टरको ठाउँमा नयाँ डाक्टर सरकारले पठाएको छैन । पठाइ दिन प्रदेश तथा सॅघमा धाउँदा पनि सम्बन्धित निकाय वाट सुनुवाइ नहुँदा समस्या भयको उहाँको भनाई छ । अस्पताल विकास समितिका अध्यक्ष सोनु सिंहले भन्नु भयो पटक पटक सॅघ र प्रदेशमा डाक्टर पठाइदिन अनुरोध गर्यौ तर ऐल सम्म सुनुवाइ भएको छैन ,स्वास्थ्य जस्तो सॅवेदनशिल ठाउँमा डाक्टर नहुँदा सारै समस्या छ । डाक्टर पठाउनुपर्नेमा कुनै चासो छैन यता बिरामीको सङ्ख्या दिनदिनै बढ्दै छ, यस्तो अवस्थामा अस्पतालमा केही भवितव्य आइपरे जिम्मेवारी को बन्ने भन्ने प्रश्न उठेको अध्यक्ष सिंहको भनाई छ ।
चिकित्सकले छोडेर जाने बित्तिकै विभिन्न निकायमा बारम्बार कुरा गर्दा ,पत्राचार गर्दा कुनै सुनवाइ नभएको अस्पतालले जनाएको छ । अहिले जिल्ला अस्पताल बझाङमा ४ जना मेडिकल अधिकृत डाक्टरले बिरामीलाई २४ सै घण्टा हेर्नु परेको छ । अस्पतालमा हाल दैनिक २ सय जना भन्दा बढी बिरामी आउने गरेको भय पनि चिकित्सक अभावमा समयमै सेवा दिन समस्या भएको बताएको छ ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जोशीले भने, बिरामीहरू समयमै उपचार पायनौ भनेर गुनासो गरिरहेका हुन्छन् ,हामी सँग पर्याप्त जनशक्ति छैन , छिटो छरितो तथा प्रभावकारी सेवा दिन लागि परे पनि सम्भव छैन । अस्पतालमा हाल डेङ्गु र स्क्रव टाईफसका बिरामीको सॅख्या धेरै हुँदा अस्पतालमा दैनिक भिडभाड बढ्ने गरेको छ । पर्याप्त जनशक्ति नहुँदा अन्तरंग सेवा,ईमेरजेन्सी, प्रसूति सेवा,एक्स९रे, भिडियो एक्स-रे, शल्यक्रिया, नवजात शिशु तथा वाल रोगका बिरामीलाई सेवा दिन समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।