कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगर बजारबाट ३ लाखका विजुलीका सामान वरामद गरिएका छन् ।
कञ्चनपुर भीमदत्त नगरपालिका-४ बजारबाट प्रहरीले भन्सार छलेर ल्याइएका ३ लाख ३४ हजारको बिजुलीका सामान वरामद गरेको हो । शनिबार राति प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा ती सामान फेला पारेको थियो । यस्तै
कैलालीको धनगढी वडा नम्बर २ भन्सार नजिकबाट भन्सार छली गरेर ल्याइएका ३१ हजार रुपैयाँ मूल्य बराबर सामान वरामद गरिएका छन् ।प्रहरीले जुत्ता, चप्पल, गाडी सफा गर्ने केमिकललगायतका सामान शनिबार साँझ वेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।