कञ्चनपुर। कञ्चनपुरमा ४ जना लागुऔषध प्रयोग कर्ता पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ बाट सुन्य दशमलव ०१५ ग्राम लागुऔषधसहित ४ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका हुन्।
प्रदेश प्रहरीका अनुसार पक्राउ पर्नेमा डोटीको पूर्वी चौकी गाउँपालिका वडा नम्बर ५ का २७ वर्षिय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ७ का २८ वर्षिय बल बहादुर बुढा क्षेत्री, कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का २६ वर्षिय नविन भट्ट र सोही डाउँका ३० वर्षिय सिद्धराज पनेरु रहेका छन्। लागुऔषधसहित पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।