कञ्चनपुर। कञ्चनपुरमा एक विद्यालयका कार्यालय सहयोगीले सार्वजनिक सम्पत्ति चोरी गरेको आरोप लागेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रतनपुरस्थित त्रिभुवन माद्यमिक बिद्यालयका सहयोगीलाई सार्वजनिक सम्पत्ति चोरीको आरोप लागेपछि निलम्बनको तयारी गरिएको छ।
बिद्यालय सहयोगीका देव सिंह ठगुन्नाले बिद्यालयको हेन्डपम्पमा जडान गरिएको मोटर चोरी गरेको स्वीकारेपछि विद्यालयले निलम्बन को तयारी गरेको बिद्यालय व्यवस्थापन समितिले जनाएको छ । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपकराज ओझाले भदौ १२ गते जडान गरिएको मोटर कार्यालय सहयोगी ठगुन्नाले चोरी गरि बेचेको बताए।१२ गते मोटर नयाँ किनेर ल्यायौ, १३ गते चोरी भएको अध्यक्ष ओझाले बताए ।
उनीमाथि शंका थियो, प्रहरीमा उजुरी दिएपछि आफुले नै चोरेर बेचेको स्वीकार गरेको उनले बताए । उनले यस अघि पनि विद्यालयका ३ वटा मोटर समेत चोरी गरी बेचेको स्वीकार गरेका छन्। ती मोटरको रकम ठगुन्नाले बिद्यालयलाई दिने सहमति भएपछि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा परेको उजुरी बिद्यालयले फिर्ता लिएको प्रहरी निरीक्षक कृष्ण कुवरले बताए । अहिले र पहिलेको चोरीमा संलग्न भएको स्वीकार गरिसकेको र केहि दिनमै बैठक बसि कानुन अनुसार कार्वाहीको प्रक्रिया अगाडि बढाउने बताए। व्यवस्थापन समिति अध्यक्ष ओझाले चोरी गरेको स्वीकार गरेपछि ठगुन्नालाई बिद्यालय व्यवस्थापन समितिले कानुन अनुसार निलम्बन गरिने बताएका छन्।