बाजुरा। बाजुरामा चट्याङ लागेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाजुराको बडिमालिका नगरपालिका-६ कोर्दमा चट्याङ लागेर शनिवार राति एक बालिकाको मृत्यु भएको हो।
स्थानीय माझथला लेकको खर्कमा राति परेको चट्याङबाट कोर्द गाउँका तुले रावलकी ११ वर्षीया छोरी परु रावलको मृत्यु भएको हो। चट्याङबाट रावलका दुई भैंसी र एक गोरुसमेत मरेका छन्।बडिमालिका नगरपालिका पूर्व नगरप्रमुख समेत रहेका कोर्द गाउँकै स्थानीय पदमबहादुर बडुवालका अनुसार घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ।