डडेल्धुरा। डडेल्धुराबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–१ स्थित कमल पोखरीको जंगल भेटाका ५६ वर्षीय रुद्रबहादुर ऐर भरुवा बन्दुक र बारुदसहित पक्राउ परेका हुन्।
सेनाको दह ब्यारेकबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित ऐरलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ।