डडेल्धुरा। डडेल्धुरामा मोटरसाईकल दुर्घटना भएको छ। डडेल्धुराको आलिताल गाँउपालिका-८ स्यालचौडीमा मोटरसाईकल दुर्घटना भएको हो।
शुक्रबार साँझ सुपप्र ००४–००१०–७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि परशुराम नगरपालिका–५ का बिरेन्द्र घर्तिमगर र सोही ठाँउका तारा धामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताएका छन्।