धनगढी। नेपाल सितोरिया कराते संघ कैलालीको अध्यक्षमा ललित खत्री चयन भएका छन्। शुक्रबार धनगढी भएको जिल्ला अधिबेशनले खत्रीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।संघको उपाध्यक्षमा बालकुमार महतो,आशाराम चौधरी, अशोक शाह र डम्बर साउँद चयन भएका छन्। सचिवमा बर्षा साउँद, सहसचिवमा राजेश चौधरी र कोषाध्यक्षमा सन्तोष लामिछाने चयन भएका छन्।
यस्तै सदस्यमा क्रमशः लोकेश पार्की, राजेन्द्र चौधरी, दिनेश श्रेष्ठ, विष्णु डगौरा, सन्तोष विक, रमेश खड्का,राधा चौधरी,हरेन्द्र नाथ,खुशिराम चौधरी, दिनानाथ भण्डारी, गणेश कठरिया, देवी चौधरी र पुष्कर गुरुङ रहेका छन्। त्यस्तै नेपाल सितोरिया कराते संघ सुदूरपश्चिम प्रदेश अधिबेशनका लागि पहल शाही, बबरजंग शाही, उमा महतो, अमित प्रताप सिंह र त्रैलोक्यनाथ पाण्डेय गरी पाँच जना प्रतिनिधि छनौट गरिएको कोषाध्यक्ष सन्तोष लामिछानेले बताए।