धनगढी। बाजुराको नाटेश्वरी मन्दीरमा जनैपूर्णिमाको अवसरमा चहलपहल बढेको छ । बाजुराको त्रिवेणी नगरपालिकामा रहेको नाटेश्वरी मन्दीरमा जनैपूर्णिमा पर्वको अवसरमा मन्दीरमा भक्तजनको चहलपहल बढेको हो। जिल्लाको त्रिवेणी नगरपालिकामा पर्ने नाटेश्वरी मन्दीरमा पुजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बडीमालिकाबाट पाँच दिनको यात्रा गरेर भक्तजन त्यहाँ पुग्ने गर्दछन् ।
बडीमालिकाबाट आएका भक्तजनहरु एक दिन सोही मन्दीरमा पाल टाँगेर बस्ने चलन रहेको छ। धार्मिकस्थल र प्रर्यटकीए स्थल भएकाले बिहानैदेखि भक्तजनको धुईँचो लाग्ने गरिएको छ ।जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने भएकाले मन्दीरमा कालिका देवी ,दुर्गा देवी ,भगवती देवी लगायतका शक्तिपीठमा पूजाआजा सहित आजकै दिन मन्दीरमा करिव २ सय बोकाहरुको बलि चडाईने गरिन्छ।
मानिसको गृह शान्तिको लागि भाकाल गरेका बोकाहरु आप्mनो मनोकाङ्क्षा पूराका लागि कालिका मन्दीरमा बोकाको बलि दिने चलन रहेको छ। सोही जनैपूर्णिमाको अवसरमा मन्दीरमा पुजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले पूजाआजा र भाकल गर्ने चलन रहेको बिजय राज गिरीले जानकारी दिए ।