डडेल्धुरा। डडेल्धुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। डडेल्धुराको आलिताल गाउँपालिका-३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा(प्रिया) मृत फेला परेकी प्रहरीले बताएको छ।
जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार एक वर्ष पहिले भागेर विवाह गरेकी प्रिया आज बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। घटना के कती कारणले भएको हो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ।