धनगढी। धनगढीमा रहेको एनएमबि बैङ्क चौराहा शाखा र कैलाली अस्पताल बिच सेवा वितरणमा सम्झौता भएको छ। एनएमबि बैकका तर्फबाट प्रदेश प्रमुख श्याम अधिकारी र कैलाली अस्पतालका तर्फबाट अध्यक्ष जनकराज जोशीबिच सेवा वितरणमा सम्झौता भएको हो।
बैकका एरिया म्यानेजर अमन जोशीका अनुसार अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरुमा बैंकका कर्मचारीहरु र ग्राहाकहरुलाई २०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्। यस्तै अस्पतालका अध्यक्ष जनकराज जोशीले बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले बताए।