काठमाडौँ। नेपालले खेलको २७.५ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ। नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले आघा सलमानलाई मात्र ५ रनमा आउट गरे।
यससँगै पाकिस्तानले २८ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२४ रन बनाएको छ। नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो र तेस्रो विकेट रनआउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन्। करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रनआउट गर्न सफल भएका हुन्।
इमाम ५ रन बनाएर आउट भएका हुन् । यस्तै मोहमद रिजवानलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन् । रिजवानले ५० बलको सामना गर्दै ४४ रन बनाएका थिए । पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।