दार्चुला। दार्चुलाको नौगाड गाउँपालिकामा एक महिला ढुङ्गा लागेर गम्भीर घाइते भएकी छन्। आज मङ्गलबार बिहान पौने ९ बजेको समयमा घाँस काटेर घर फर्किने बेला नौगाड गाउँपालिका –५ भीडकी ३५ वर्षीया पुतली धामीलाई ढुङ्गा लागेको हो ।
गम्भीर घाइते हुनुभएकी धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको स्थानीय श्याम धामीले जानकारी दिए । उनका श्रीमान मलेसियामा रहेको बताइएको छ।