कञ्चनपुर। कञ्चनपुरमा डेंगु संक्रमणबाट एक ब्यक्तीको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगु रोगको संक्रमणबाट गएराति मृत्यु भएको हो ।
एक साताअघि भारतबाट घर फकेउका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचारका लागि धनगढी लगेका थिए । बेलौरी-८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा खत्रीको मृत्यु भएको हो।
भारतबाटै डेंगुको संक्रमण भएको वा यहाँ फर्केपछि संक्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए । डेंगु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए।