धनगढी। धनगढी ३ चटकपुरस्थीत स्वस्तिक अस्पतालमा बिरामीको मृत्युपछि पनी २ दिनसम्म बिरामीका आफन्तलाई जानकारी नगराएको पाइएको छ। उपचारका लागी स्वस्तिक अस्पताल पुगेका कञ्चनपुर बेलौरी नगरपालिका १० शिवनगरका ५६ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो।
चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो । बुवा ऐजनलालको डाक्टर जोनस तिवारीको लापरवाहीका कारण उपचारका क्रममै ९ गते दिउँसो २ बजे मृत्यु भैसकेको मृतक चौधरीका छोरा बुद्धिराम चौधरीले बताए। उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिदै भनेका छन्, यसरी अप्रेशन कोठामा लगेको २ दिन हुन लाग्दा समेत बिरामी बुवासँग भेट्न नदिएको र लापरवाहीले बुवाको मृत्यु भएको उल्लेख गरेका छन्।
मृतक चौधरीका छोरा बुद्धिराम चौधरीले अस्पताल र डाक्टरविरुद्ध उजुरी दिएका हुन्।बुद्धिराम चौधरीले डाक्टर तिवारीले तिम्रो बुवाको किड्नीमा पथ्थरी छ, तिम्रो बुवाको उपचार मैले नै गरिदिन्छु भनेर त्यसपछि बुवाको अप्रेशनबाट ठिक हुन्छ भने, त्यसपछि राम्रो सँग उपचार गरि दिनुहोस् भनेर अनुरोध गरेको बताए । त्यसपछि अपरेशन गर्न आइसियूमा भर्ना गरी कोठामा लगरे आफु र बिरामीसँगै आएका आफन्तलाई बिरामीको अवस्थाका बारेमा कोठामा हेर्न र भेट्न नदिएको बताए। अप्रेशन गर्दाको अवस्थामा डाक्टर तिवारीले लापरवाही पुर्वक अप्रेशन गर्दा बिग्रीएर भदौ ९ गते दिउँसो २ बजे बुवाको मृत्यु भएको भएपनी जानकारी नै नदिएको उनले बताए ।
भदौ १० गते बिहानसम्म पनी बुवा मरेको बाँचेको सम्बन्धमा स्वस्तिक अस्पताल र डाक्टर तिवारीले खवर नगराएको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेका छन् । यसरी अप्रेशन कोठामा लगेको २ दिन हुन लाग्दा समेत बिरामी बुवासँग भेट्न नदिएपछि बिहान ९ बजे वास्तबिक रुपमा बिरामीको अवस्थाको बारेमा सोध्न लाग्दा र अस्पतालको प्रशासन शाखामा सोध्दा ९ गते अप्रेशन गर्दाको अवस्थामा २ बजे नै मृत्यु भएको खवर पाएको बताए । उनले मृतकका छोरा चौधरीले आफु अन्यायमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताए ।
लापवाही गरेर अप्रेशन बिग्रीदा बुवाको मृत्यु हुँदा समेत जानकारी नगराएको हुनाले निज डाक्टर तिवारीलाई पक्राउ गर्न माग गरेका छन्। साथै ज्यान मुद्धा चलाई कानुनी कारवाही र क्षतीपूर्तिको समेत माग गर्दै जाहेरुी पेश गरेका छन् । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो । अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको जनाए । डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध गर्न थालेपछि अस्पतालमा सुरक्षा बढाइएको छ।अस्पतालका अध्यक्ष महेश जोशीले अप्रेसनका क्रममा मृत्यु हुनुको कारण अहिलेनै भन्न नसकिने बताए । उनले भने –‘उपचारका क्रममा विरामीको मृत्यु हुनुको कारणबारे चिकित्सकसंग आधिकारिक जानकारी नआएसम्म केही भन्न सकिदैन् ।’ बिरामीका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएकोले सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन्।