डोटी। नकेपा एमाले डोटीले जिल्ला अधिवेशनको मिति तय गरेको छ। जिल्ला सचिवालय बैठकले आगामी मंसिर २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले भाद्र महिनामा पालिका स्तरमा बैठक, भेला, प्रशिक्षण सञ्चालन गर्ने र सोही कार्यक्रमहरूबाट पालिकागत कार्य योजना निर्माण गरी पार्टी गतिविधि सञ्चालन हुने निर्णय गरेको छ ।पहिलो चरणको कार्यक्रम शुक्रबार शिखर नगरपालिकाबाट सुरु हुनेछ।
भाद्र ९ गते पूर्वीचौकी गाउँपालिका, १० गते दिपायल सिलगढी नगरपालिका, ११ गते केआई सिंह गाउँपालिका, १२ गते आदर्श गाउँपालिका, १३ गते सायल गाउँपालिका, १६ गते जोरायल गाउँपालिका, १७ गते बडिकेदार गाउँपालिका र १८ गते बोगटान फुड्सिल गाउँपालिकामा बैठक, भेला तथा प्रशिक्षण कार्यक्रम तय गरिएको छ । बैठकले माघ मसान्तभित्र ९ वटै पालिका कमिटी अधिवेशन, फागुनभित्र जिल्लाका ६५ वटै वडाका अधिवेशन र जिल्लाभरका टोल कमिटीको अधिवेशन चैत्र मसान्तभित्र गरिसक्ने एमाले जिल्ला सचिवालय बैठकले निर्णय गरेको छ ।