धनगढी। कैलालीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका १२ सी गाँउ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको शौचालयमा विजुलिको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, कैलारी गाउँपालिका– ९ बनकनरी बस्ने ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ । शनिवार साँझ पोखरीमा नुहाउने क्रममा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकैको समाज सुधार सामुदायिक बनमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । प्रहरीले दुवै घटनाबारे अनुुसन्धान गरिरहेको छ ।