धनगढी। नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाले काँग्रेसको बलमा अहिलेको सरकार बनेको बताएकी छन्।
धनगढीमा नेपाल विद्यार्थी संघ कैलालीद्वारा आयोजित रक्तदान तथा वनभोज कार्यक्रममा सम्बोधन गर्दै उनले काँग्रेसकै बलबुतामा सरकार बनेको र टिकिरहेको दाबी गरिन् । उनले देश अहिले काँग्रेसको गाइडेन्समा अगाडि बढिरहेको पनि बताइन्। आरजुले भनिन्,- नेपाललाई अगाडि लग्ने हो भने नेपाली काँग्रेसले नै हो गाइड गर्नसक्ने।
अहिले पनि गठबन्धनमा मेन गाइडेन्स नेपाली काँग्रेसकै छ। हाम्रै बलबुतामा अरु पार्टीहरुले सरकार बनाएका छन् ।कांग्रेसले भन्दै आएको लोकतन्त्र समाजवाद र राष्ट्रियताको विषयलाई अहिले सत्ता गठबन्धनका अन्य दलहरूले पनि मनन गरेको र त्यहि अनुसार अघि बढेको उनको टिप्पणी थियो।उनले भनिन् ,काँग्रेसकै कुरा अहिले गठबन्धनले फलो गरिरहेको छ ।’ नेपाली काँग्रेसकै एजेन्डा नेकपा माओवादी केन्द्र लगायतका सत्ता साझेदार दलहरुले अपनाएको छ।