डडेल्धुरा। डडेल्धुराको आलितालमा बेहोस भेटिएका एक पुरुषको मृत्यु भएको छ।
शुक्रवार डडेल्धुराको आलिताल गाउँपालिका-८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजी ५५ वर्षका आलिताल वडा नम्बर ७ थलीका रामदत्त भट्ट बेहोस अवस्थामा फेला परेका थिए। भट्टलाई उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो। जोगबुडा अस्पतालले उनलाई मृत घोषणा गरेको जनाएको हो। प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।