डडेल्धुरा। डडेल्धुरामा एक ब्यक्ती बेहोस अवस्थामा फेला परेका छन्। आज शुक्रवार डडेल्धुराको आलिताल गाउँपालिका–७ थलीका रामदत्त भट्ट बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
डडेल्धुराको आलिताल गाउँ पालिका–८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा शुक्रवार आलिताल गाउँपालिका-७ थलीका रामदत्त भट्ट बेहोस अवस्थामा फेला परेका वडा सदस्य अमर धामिले बताए।उनलाई प्रहरीले उपचारकालागि अस्पताल लैजाने गरिरहेको बताइएको छ।प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।