धनगढी। धनगढी उपमहानगरपालिकाका नौ वटा विद्यालय समायोजन भएका छन्।
शैक्षिक गुणस्तर सुधारका लागि कार्यपालिका र नगर सभाको निर्णय बमोजिम भौतिक पूर्वाधार र शिक्षक अभाव तथा न्यून विद्यार्थी भएका विद्यालयहरूलाई विद्यालय समायोजन तथा दरवन्दी मिलान नियमावली– २०८० बमोजिम समायोजन गर्ने काम भएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरले यो वर्ष १४ विद्यालय समायोजन गर्ने निर्णय गरेकोमा बिहीवारसम्म ९ विद्यालय समायोजन भएका हुन्।शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले विद्यालयहरू समायोजन भई सम्बन्धित विद्यालयमा पठनपाठनको कार्य सुचारु भइसकेको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले समायोजन गर्ने निर्णय भएका विद्यालयमा समायोजन भएका हुन्।
पाँच विद्यालय अझै समायोजन भएका छैनन्। धनगढी–२ को शैलेश्वरी आधारभूत विद्यालयको कक्षा १–५ शारदा माध्यमिक विद्यालयमा समायोजन गर्ने निर्णय प्रथम त्रैमासिक परीक्षा लगत्तै हुने सहमति भएको छ भने त्रैमासिक परीक्षा लगत्तै धनगढी–७ को नवज्योति आधारभूत विद्यालयको कक्षा १–५ शिव माध्यमिक विद्यालयमा समायोजन हुने समहमति भएको शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए।
को को भए समायोजन ?
१). जोकैया आ.वि. धनगढी-११को कक्षा १-३ बेला आ.वि. धनगढी-११ मा,
२). नेपाल भूपू सैनिक आ.वि. धनगढी-१८ को कक्षा २-३ खप्तडी आ.वि. धनगढी-१८ मा,
३) कालिका आ.वि.धनगढी-१७ को कक्षा ४-५ न्यू कालिका आ.वि. धनगढी-१७ मा
४) भैरब बाबा आ.वि. धनगढी-६ को कक्षा ६-८ बासुदेवी मा.वि. धनगढी-६ मा
५) सरस्वती आ.वि. धनगढी-९ को ६-८ धनगढी नमुना प्राविधिक मा.वि. धनगढी-८ मा,
६) नवदुर्गा आ.वि. धनगढी-१२ को कक्षा ६-८ दुर्गा आ.वि. धनगढी-१२ मा
७) जनजागृति आ.वि. धनगढी-१५ को कक्षा ६-८ राष्ट्रिय मा.वि. धनगढी-१५ मा
८) जनता राष्ट्रिय मा.वि. धनगढी-१३ को कक्षा ९-१० जनता राष्ट्रिय मा.वि. धनगढी-१३ कैलालीगाउँमा
९) दिपेन्द्र चारपाते मा.वि. धनगढी-१६ को कक्षा ९-१० बेहडाबाबा मा.वि. धनगढी-१६ मा ।