डडेल्धुरा। डडेल्धुरामा बालिका हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। डडेल्धुराको परशुराम नगरपालिका-१२ आमपानिकी १४ वर्षिया (बालिका )अमृता राउटेको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका हुन्।
पक्राउ परेका उनको परिचय भने गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए। पक्राउ परेका व्यक्ति पनि नाबालक नै भएकाले उनको परिचय भने गोप्य राखिएको उनले बताए। पक्राउ परेका बालक राउटे सामुदायकै रहेको खुलेको प्रहरी निरीक्षक बडुले बताए। मंगलबार दिउँसो अन्य साथिहरुसंगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर आएकी थिइनन्।
उनिसंगै माछा मार्न गएका अन्य समयमै घर फर्किएका थिए तर एक जना बालक मृतक अमृतासंगै खोलामै थिए। त्यसपछि अबेर सम्म घर नआएकी अमृताको घरपरिवारले खोजिकार्य गरेको थियो। अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले पक्राउ परेका बालक र अन्य ब्यक्तीहरुमाथी थप अनुसन्धान गरिरहेको जनाएको छ ।