कैलाली। कैलालीमा सवा ग्राम ब्राउनसुगरसहित प्रहरीले एक युवक पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय विकास थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मंगलबार राति थापालाई १ ग्राम २ सय ९० मिलिग्राम बउनसुगरसहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई सो लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।