डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकामा एक बालिका मृत फेला परेकी छिन्।डडेल्धुराको परशुराम नगरपालिका-१२ आमपानीकी १४ वर्षीया अमृता राउटे बुधवार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ।
मंगलवार दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी अमृता अबेरसम्म घर नआएपछि खोजि गरिएको थियो। खोजि गर्ने क्रममा उनको शव आज बुधबार बिहान रंगुन नदीको किनाराको तटबन्धमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगादत्त बडुले बताए। बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको उनले बताए । सो सम्बन्धमा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिएको जनाएको छ।