डोटी। डोटीको जोरायलमा रहेको गडसेरी गाड लघु जलविद्युत आयोजनामा पहिरोले क्षति पुर्याएको छ। सोमबार राति साढे ८ बजे आएको पहिरोले गडसेरी गाड लघु जलविद्युत आयोजनामा क्षति भएको स्थानियले बताएका छन्।
स्थानियका अनुसार पहिरोमा परि सो जलबिधुत परियोजनामा पुर्ण रुपमा क्षति भएको छ। जलविद्युत आयोजनाका अपरेटर गोविन्द बडुले लघु जलविद्युत परियोजनामा कार्यरत दुई जना कर्मचारी पहिरोको क्षतीबाट बच्न सफल भएको बताए। २०६६ साल देखि सञ्चालनमा आएको जलविद्युत आयोजनाले गाउँपालिकाका ३५३ घरधुरीलाई उज्यालो दिएको थियो। पहिरो गएपछि उक्त घरधुरि बिधुत सेवाबाट बञ्चीत भएका छन्। स्थानीयले छिटो भन्दा छिटो जलविद्युत मर्मत गर्न माग गरेका छन्।