डडेल्धुरा। डडेल्धुराको अमरगढीबाट चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका-४ खलङ्गाबाट सोही ठाउँका ४० वर्षीय रामबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा १६.१२ ग्राम चरेश भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताएको छ।