डोटी। डोटीमा घर भत्किँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। डोटी प्रहरीका अनुसार अविरल वर्षाका कारण शिखर नगरपालिका–२ खचडा बस्ने घनश्याम कामीको घर आइतबार राति भत्किएको हो ।
ढुङ्गा, माटो तथा काठले बनेको स्लेटले छाएको ३ कोठे घर भत्किदा घरभित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा, फर्निचर गरी अन्दाजी ८ लाख रुपैयाँको क्षति भएको छ। तर मानवीय र चौपाया क्षति नभएको डोटी प्रहरीले जनाएको छ। प्रहरी टोलीले उद्धार गरिरहेको बताइएको छ।