शेर बहादुर बिष्ट : विकासोन्मुख मुलुकबाट विकसित मुलुक बन्नका लागि उक्त मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक बिषयमा उल्लेख्य विकास हुन् आवश्यक छ । अवको युवाले यी सबै विषयमा उत्तिकै चासो लिनुपर्ने आवश्यक भएको छ । राष्ट्रको बलियो विकासका लागि युवामा बलियो इच्छाशक्ति, बहादुरी, धैर्यता र संयमको माग छ । विश्व सर्बहारा वर्गका महान गुरु मानिने कार्ल मार्क्सले कुनै बेला युवाहरु हो। जिते संसार छ, हारे केही पनि छैन भनेर जित्नका लागि संसारभरका युवा वर्गमा आव्हान गरेका थिए । यो यथार्थता बहुसंख्यक श्रमजीवि किसान मजदुरहरुले भरिएको नेपालका श्रमिकका सन्तति युवाहरुको सन्दर्भमा उत्तिकै सान्दर्भिक थियो, छ र रहिरहने छ ।
युवाहरूलाई नै लक्षित गर्दै सर्वहारा वर्गका अर्का महान गुरु माओत्सेतुंगले, यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरुकै हो भनेर संश्लेषण गरेका थिए । त्यस्तै स्वामी विवेकानन्दले भनेका थिए, ‘युवा राष्ट्रको वास्तविक शक्ति हो।’ स्वामी विवेकानन्दले सदैव आफ्ना विचारहरू मार्फत युवाहरुलाइ प्रोत्साहन दिनुभयो र आज पनि उनका विचारहरूले युवाहरूको दिमागमा प्रभाव पार्ने गरेको छ । धेरैले विवेकानन्दलाई आफ्नो आदर्श मान्ने गर्दछन । त्यसैले अब देशका हरेक युवाले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने बेला आएको छ ।
वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन् । त्याग, निष्ठा, बलिदान र नव निर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुल्य निधि एवम् उदयीमान् शक्ति मानिन्छन । युवाहरू स्वभावैले विद्रोही हुन्छन् । उनीहरुको नशा(नशामा क्रान्तिकारी परिवर्तनको नवीन उर्जाहरु सल्बलाईरहेको हुन्छ । यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रुपान्तरणको महाअभियानमा समेत युवा वर्गले अग्रिम भूमिका निर्वाह गरिरहेका हुन्छन् । अझ भन्नुपर्दा परिवर्तन र रुपान्तरणका हरेक मोर्चाहरुमा यो शक्तिले सदैब आफुलाई प्रमाणित गर्दै आएको छ र बिश्वास पनि जित्दै आएको छ ।
विश्व इतिहासलाई सिंहावलोकन गर्दै नेपालको गौरवमय इतिहासको पाना पल्टायौं भनेपनि विसं। १९९६ को राणाविरोधी आन्दोलनमा गंगालालहरुको भूमिकादेखि यता विसं। २००६, विसं। २०१५, विसं। २०३६, विसं। २०४६ को जनआन्दोलन, विसं। २०५२ देखि संचालित सशस्त्र युद्ध र मुख्यतस् विसं। २०६२/६३ को जनआन्दोलनमा एवंम् तराइका कतिपय क्षेत्रीय आन्दोलनहरुमा युवाहरुको योगदान अतुलनीय थियो । जसको जगको फलस्वरूपनै आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण भएको छ तर यस्ता इतिहासका कठिन मोडमा समेत विचलित नभईकन राष्ट्र निर्माणको महा-अभियानमा समर्पित बन्न चाहने अविचलित शक्ति र सामर्थ्यका धनी नेपाली युवाहरूले आज बेरोजगारीको पीडासँगै स्वदेशको माटोमा भन्दा विदेश यात्राको लामो बाटो तताउन विवश बनेका छन् ।
आज ८० लाख उर्जाशील युवायुवती विदेशी भूमिमा श्रम बेच्न बाध्य छन् भने मुटु माथी ढुंगा राखेर हाँस्नु पर्या छ भन्नुपर्ने लज्जास्पद अवस्था सिर्जना भएको छ । एकातर्फ वैदेशिक रोजगारमा गएका युवा-युवतीहरुको रगत र पसिनाबाट प्राप्त हुने सिमित आर्थिक लाभांशको आधारमा समग्र मुलुकको विकास गर्न सकिन्छ भन्ने आत्मरति अनि गलत मनोविज्ञानबाट राजनैतिक नेतृत्व ग्रसित हुनुका साथै अदुरदर्शी राजनैतिक नेतृत्वकै कारण मुलुकमा अस्थिरताले डेरा हमेसा जमाईरह्यो, दुर्भाग्य यी सबै गतिविधिको अगाडि युवापंक्ति मुकदर्शक बनिरहेको छ भने अर्को
तर्फ युवारविद्यार्थी अझ बिशेषत यिनका मातृपार्टी संबद्ध भातृ संगठनहरु मुखदर्शक बन्दै मातृ पार्टी एवंम् कार्यकर्ताको हवाला दिएर इतिहासमा असफलसिद्ध तिनै लम्पट नेतृत्वहरुप्रति बिना सर्त मलामी जान तयार भैरहेका छन । आवाज र आन्दोलन हमेसा प्रतिपक्ष हुनुपर्दछ भन्ने प्राकृतिक कुरा हो तर दुखद यथास्थितिमा यस्तो परिदृश्य देखिन्न । यसले यो पनि पुष्टि गर्छ कि युवा जमातमा स्वविवेक भन्ने नै छैन । पुरानो पुस्ताबाट राजनीतिक बागडोर खोसेर आफ्नो हातमा लिन सक्ने अवस्थामै छैनन् । जान्दछन् त केवल जय जयकार मात्रै राजनीति भनेको
व्यापार बुझेका छन् । पेट पाल्ने माध्यम हो भन्ने बुझेका छन् ।
युवा भनेको देशको अनमोल, अनन्त र अविछिन्न शक्ति हो । देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो । अधिकांश युवा शिक्षित र क्षमतावान छन्, त्यसको फाइदा देशले पनि लिनुपर्छ । तसर्थ अब युवा शक्तिलाई निराशामा होइन, आशामा बदल्नुपर्छ । जे-जे भयो, भयो अब विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्नुपर्छ । जय जयकार होइन, स्वविवेक प्रयोग गर्नुपर्दछ । राजनीति फोहोरी खेल हो भन्दै पन्छिने भन्दा पनि फोहोर पोखरीमै पसेर सफा गर्नु पर्दछ भन्ने मन्त्र आत्मसाथ गर्नु आवश्यक देखिन्छ । तथापि पछिल्ला केहि स्थापित नाजिरहरुले काका र हजुरबुवा सरहका व्यक्ति एवंम् नेताहरुलाई आफ्नो नेता वा नेतृत्व मान्न नसक्ने तर्फ संकेत गरेको जस्तो भने देखिए पनि ‘पोलिटिक्स इज डर्टी गेम’ भनेर हुर्किएको पुस्तामा यो मनोविज्ञान स्थाई रुपमा रहन सक्छ भन्ने कुनै ग्यारेन्टी छैन । किनभने नेपाली राजनीतिमा सक्रिय युवा पुस्ता राजनीतिक संस्कारभन्दा धेरै गुटउपगुटद्वारा दीक्षित छ, आफू नजिकका ‘कमरेड’ अनि ‘दाइ’ हरूकै स्तुति गान र त्यसबाट प्राप्त हुने क्षणिक लाभमै रमाइरहेको छ । युवा नेतृत्व परिपक्व नहुनुको दोष कसलाई दिने रु यसको दोष धेरैजसो युवा र विद्यार्थी राजनीतिमा लागेका युवा
नेताहरूले नै पाउने गरेका छन् । अहिले युवा नेतृत्व संकटमा पर्नुका पछाडि लामो समय युवा नेतृत्व उत्पादन गर्ने विद्यार्थी संगठन लगायत अन्य भ्रातृ संगठनहरू चलाएका ४०/५० वर्ष उमेर समूहका चल्तीका युवा नेतृत्वनै भागीदार हुन् । माओवादी र मधेश आन्दोलन एवंम् २०६२ र ०६३ मा युवा हुँदा उदाएको पुस्ता अहिले उमेरले ५५/६० वर्ष टेक्न लाग्दै गर्दा पनि आफूलाई युवाहरूको प्रतिनिधि भन्दै उभ्याउनमा किन्चित लाज मान्दैन ।
वर्तमान राजनीतिमा सक्षम र परिपक्व युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने असल राजनीतिक नेतृत्वमा पनि संकट आउनु हो । यस्तो अवस्था आउँदैन भनेर बहस गर्न सकिएला तर हाम्रो अहिलेको राजनीतिक संस्कारले इंगित गरेको भविष्य भने त्यही नै हो । आजको विश्व व्यवस्थामा तारे होटलका एसी जडित कोठामा हुने बौद्दिक भानिएकाहरुको विलासी बैठकले ठोस नतिजा निकाल्न सक्क्दैन, त्यसका लागि युवाको सवाल, अवस्था र आवश्यकताको विषय प्राथमिकीकरण गरी सोहीअनुसारको व्यावहारिक कार्यक्रमको निर्माण र सञ्चालन गर्न जरुरी हुन्छ । अहिले विश्व समाज दिगो विकासको लक्ष्य निर्धारण सहित अगाडि बढिरहेको छ । दिगो विकास लक्ष्य सम्बन्धि पनि व्यापक बहस, छलफल र कार्यक्रम हुन जरुरी छ । दिगो विकासको लक्ष्यका १७ वटा क्षेत्रमध्ये धैरै सवाल युवासँग प्रत्यक्ष जोडिएका छन् । जसमा युवाको विकास र युवा समस्याको सम्बोधन बिना तिनको अपेक्षित परिणाम आउन नसक्ने कुरा निश्चित छ । युवाको सहभागिता र सक्रियताबिना विकास कोरा कल्पना मात्रै हुन्छ । युवा शक्ति श्रम शक्तिका रूपमा तयार छ र कामको तीव्र खोजीमा छ । यसमा चाखलाग्दो विषय त के छ भने रोजगारदाताले आफूलाई चाहिने योग्य वा दक्ष श्रमिक पाइरहेका छैनन् ।
श्रमिकले दक्षता अनुसारको श्रमको अवसर पाइरहेका छैनन् । नेपालको सन्दर्भमा राजनीतिक परिवर्तनका ऐतिहासिक घटना र व्यवहारिक दस्तावेजले पनि परिवर्तन युवाबाटै सम्भव हुने सिद्ध भइसकेको छ । ख्याल राख्न जरुरी छ “युवावस्था आउँछ तर जीवनमा एक पटक मात्रै ।” यो एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण सिर्जना गर्नु पर्दछ । शक्ति कहिल्यै पनि स्थिर हुँदैन र यो जमेर पनि बस्दैन । यदि शक्ति स्थिर बस्यो भने त्यो अवश्य नष्ट भएर जान्छ । यसको प्रकृति नै चलायमान हुन्छ । यसलाई सिर्जनात्मक पद्धतिमा परिचालन गरे सिर्जना हुन्छ र ध्वंसात्मक पद्धतिमा प्रयोग गरे ध्वंस हुन्छ । राजनीतिले सधैँ युवा र तिनका सपनाको बली चढाउदै अर्थहीन र नीरस जीन्दगी जिउने बातावरण बनाउन तर्फ उद्देलित भई पलायन र ध्वंसका मार्ग प्रशस्त कदापि गर्नुहुँदैन । श्रम र पसिनालाई उपयुक्त ठाउँमा फिटान गरी यसलाई मोतिजस्तै चम्काईनु पर्दछ । स्मरण रहोस कसैको जीवनलाई लक्ष्य वा उद्देश्यविहीन बनाएर राख्नु पनि अपराध नै हो ।
लेखक शेर बहादुर बिष्ट सुदुरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी सदस्य र अध्यापक समेत हुन