कञ्चनपुरमा वडाध्यक्ष देवकोटालाई कुट्ने ८ जनाविरुद्ध उजुरी

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रविन्द्र देवकोटालाई कुट्ने ८ जनाविरुद्ध उजुरी दर्ता भएको छ। राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण वडाध्यक्ष देवकोटामाथि कुटपिट भएपछि ८ जनाविरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले बताए।