धनगढी : महामारीका रुपमा फैलिरहेको डेङ्गु भाइरश नियन्त्रणका लागी कैलालीका अधिकाशं स्थानिय तह संग बजेट अभाव रहेको पाइएको छ । स्वास्थ्य कार्यालय कैलालीले आयोजना गरेको डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंगको अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा सहभागी अधिकासं स्थानिय तहका स्वासथ्यकर्मीहरुले बजेट अभाव रहेको बताएका छन् । उनिहरुले बजेटको कुनै ठेगान नभएको तर स्वस्फुर्त रुपमा लार्भा नस्ट गर्ने तथा जनचेतना फैलाउने काम गरिरहेको बताएका हुन् ।
जननकी गाउँपालिकाका सिनियर अहेब भक्त बहादूर मल्लले हालसम्म गाउँपालिकामाट डेंगीका लागी बजेटको सुनिश्चितता नभएको बताए । बजेटको ठेगान के छ थाहा भएन तर हामी बजेट बिनापनि काम गरिरहेका छौँ उनले भने “हामी स्वास्थ्यकर्मी र स्वयमसेविकाहरु श्रमदान स्वरुप काम गरिरहेका छौँ, अहिले गाउँ गाउँमा डेंगी सम्बन्धी जनचेतना जगाउनुका साथै लार्भा खोज र नस्ट अभियान थालेका छौँ, परिक्षणका लागी हामीसंग किट छैन बिना बजेट अहिले गर्न सकिने काम यति छ ।”
यस्तै घोडाघोडी नगरपालिकाका सिनियर अहेब बेद बहादूर चौधरीलेपनि पालिकाबाट डेंगीका लागी बजेट नआएको बताए । हामीलाइपनि बजेट आइसकेको अवस्था छैन उनले भने “हामी अहिले लार्भा खोज र नस्ट अभियानमा लागेका छौँ, सबै स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेविकाहरु जनचेतना र लार्भा नस्ट अभियानमा छौँ, बजेट आएपछि अन्य कार्यक्रम अगाडी बढाउनेछौँ ।” भजनी नगरपालिकाकी सिनियर अनमी लक्ष्मी चौधरीले जिल्लाको सबैभन्दा जोखिममा भजनी नगरपालिका रहेको बताइन् । हाम्रो पालिका पानीले जलमग्न छ उनले भनिन् “यहाँ डेंगीको सबैभन्दा बढी जोखिम छ, पानी जमेको छ, जनताको बास सडकमा छ, हामी जोखिमकै बिच काम गरिरहेका छौँ, यो आर्थिक बर्षको बजेट डेंगीका लागी आइसकेको अवस्था छैन, हामी बिना बजेटपनि फिल्डमा खटिएका छौँ जनचेतना र लार्भा नस्ट गर्ने अभियानमा हामी छौँ, हामी डेंगीको प्रकोपमा मात्रै होइन, बाढीले छाला पाक्ने रोग, आँखा पाक्ने रोगको प्रकोपमा पनि भएका कारण सक्दो खटिएका छौँ, जोखिम सबैभन्दा बढी छ ।”
यस्तै मोहन्याल गाउँपालिकाका ल्याव असिस्टेन्ट हिरा सिहं थ्यायतले पालिकाले डेंगीका लागी बजेटको ब्यवस्था नगरेको बताए । खै बजेटको अवस्था के छ मलाई अहिलेसम्म जानकारी आएको छैन उनले भने “हामी बिना बजेट काम गरिरहेका छौँ, भुगोल निकै बढी छ, सबै ठाउँमा जान सकिने अवस्था छैन तरपनि केही सिमित ठाउँमा जनचेतनाका कार्यक्रम अगाडी बढाएका छौँ ।” टिकापुर नगरपालिकाका सिनियर अहेब बल बहादूर रावलले डेंगी नियन्त्रण तथा रोकथामका लागी पालिकाले १० लाख बजेट बिनियोजन गरेको बताए । पालिकाले १० लाख छुट्याएको छ, हामी अन्य रकमबाटपनि काम गरिरहेका छौँ उनले भने “लार्भा खोज र नस्ट अभियानलाई अगाडी बढाएका छौँ, र सबैभन्दा बढी जनचेतनाका कामलाई हामीले जोड दिएका छौँ, हामी डेंगी नियन्त्रण र रोकथामका लागी गम्भिर छौँ ।”
कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादूर धामीले यतिबेला डेंगी नियन्त्रणका लागी सबै स्थानिय तह गम्भिर बन्नुपर्नेमा जोड दिए । डेंगीले महामारी रुप लिइसकेपछि हाम्रो करोडौँ लगानी लाग्छ तरपनि हाम्रा नागरिक बचाउन सक्दैनौँ उनले भने “त्यस कारण बेलैमा ध्यान दिएर डेंगी संक्रमण हुन दिनैबाट रोकौँ हाम्रा नागरिकलाई बचाऔँ अनी हाम्रो लगानीपनि कम लाग्छ ।” स्थानिय तहले सक्रिय भए डेंगी नियन्त्रण गर्न सकिन्छ, हामी सबै तातौँ उनले भने “स्थानिय तह लगायत सरकारी कार्यालयहरुले समेत आफ्ना वरीपरी सरसफाई समेत गरेको पाइएन अनी हामी कसरी डेंगी बाट जोगिन्छौँ, कृपया २ महिना राम्रोसंग खटिई दिनुस, अली बजेट खर्च गरेरपनि हामी डेंगी नियन्त्रण गर्न सक्छौँ पछि पछुताउनुभन्दा अहिले लागे डेंगी नियन्त्रण सम्भव छ ।”