धनगढी। नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले उपलब्ध गराएको हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेको छ।
७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन्। सुदूरपश्चिम प्रदेशका ४०४ जनामा डेंगी संक्रमित भएको छ। डेंगीबाट सबैभन्दा बढी प्रदेशको दार्चुलामा १९२ वटा केशहरु पाइएका छन्। यस्तै देशको सबै भन्दाबढी सुनसरी जिल्ला प्रभावित बनेको छ। उक्त जिल्लामा संक्रमिको संख्या ६ हजार ३०० पुगिसकेको छ।अघिल्लो वर्ष काठमाडौँ जिल्ला डेंगीको हटस्पटमा बनेकोमा यो वर्ष सुनसरीमा डेंगी संक्रमण व्यापक फैलिएको हो।
त्यसैगरी मोरङमा १ हजार ३९३, धादिङमा १ हजार ११०, कास्कीमा २२७ , धनकुटामा २२३, दार्चुलामा १९२, झापामा १८२, काठमाडौँमा १५३, संखुवासबामा १४८ र तनहुँमा ७९ वटा केशहरु पाइएका छन्।प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै ८ हजार ४२० जनामा डेंगी संक्रमण भइसकेको छ। त्यसैगरी वाग्मती प्रदेशमा १ हजार ५४७, गण्डकी प्रदेशमा ४८१ र सुदूरपश्चिम प्रदेशमा ४०४ जना, लुम्बिनी प्रदेशमा २१९, मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा २८ जना संक्रमित भइसकेका छन्।