बाजुरा। बाजुरामा भुकम्पले चिरा परेको एक घर भत्किएको छ।अबिरल बर्षाले बाजुराको खप्तड छेडेदह गाउँपालिका ३ पुडावालाका स्थानिय बुदे सुनारको तिन तले घर भत्किएको हो।
हिजो राति परेको अबिरल बर्षाले भिजेको घर बुधबार दिउँसो आफै भत्किएको स्थानियले बताएका छन। गत माघ १० गते बाजुराको बिच्छ्या केन्द्रबिन्दु बनाएर आएको भुकम्पले चिरा परेको घर भत्किएको र अन्य घरपनि जोखिममा रहेका स्थानियले बताएका छन।घर भत्किदा दिउँसोको समय भएकाले कुनै मानविय क्षेति नभए पनि घरमा रहेका अन्नपात, भाडाकुडा तथा लत्ताकपडा च्यापिएको प्रहरी चौकी टाँटेले जनाएको छ।
घर भत्किएपछि उनको परिवार बिचल्लीमा परेको छ। अहिले उनको उद्धार तथा व्यवस्थापनका गर्ने घटनास्थलमा वडा अध्यक्ष पुगेका स्थानियले बताएका छन। प्रहरी भोलि बिहान घटनास्थलमा जाने र अनुसन्धान गर्ने जनाएको छ। घर भत्किएका परिवारको अहिले बाँस बस्नका लागि आफन्तकोमा व्यवस्था गरिएको बताइएको छ।