कैलाली। गए राति पसेको झरिका कारण कैलालीको गोदावरी नदिमा रहेको पुल भत्किन थालेको छ । स्थानीय प्रशासनले पुल जोखिममा रहेको र जति बेला पनि भत्किन सक्ने भन्दै प्रवेशमा रोक लगाउन निर्देशन दिइसकेको थियो।
मंगलबार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरामा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेका थिए । तर, मङ्गलवार साझ सम्म पनि सयौँको संख्यामा त्यहाँ युवा युवतिहरूको घुइँचो रहेको थियो। प्रशासनले धरापमा रहेको पुलमा अहिले पनि टिकटक बनाउने र फोटो खिच्नेको भीड रहेको छ । स्थानीय युवाहरूले जति बेल पनि पुल भत्किन सक्ने भन्दै भीड रोक्नु पर्ने बताउँछन्।‘पुल भत्किन केहि इन्च मात्रै बाकी छ जति बेला पनि भत्किन सक्छ’ राष्ट्रिय युवा सङ्घ केन्द्रीय सचिवालय सदस्य नवराज आचार्यले भने, ‘भीड नियन्त्रण नगर्ने हो भने ठुलो मानवीय क्षति हुन सक्छ ।’ सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने काठे पुल जीर्ण भएपछि नयाँ मोटरेवल पुल निर्माण गरिएको थियो। सवारी चलाउन निषेध गरिएको उक्त पुलमा रङ रोधन गरेपछि पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेहरूको रोजाइमा परेको थियो।हिजोको बाढीले पुलको जग रहेको क्षेत्र कटान गरेपछि पुल जोखिममा परेको हो। जोखिममा रहेको पुलमा जान नदिन प्रहरीले पनि अहिले चासो नदिएको आरोप लागिरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले काँडे तार लगाएर त्यहाँ व्यक्तिको आवागमन रोक्नु पर्ने र उक्त काम स्थानीय तहले गर्नु पर्ने बताए।