बाजुरा। बाजुराका ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बाजुराका अनुसार वैशाखयता ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो।
सङ्क्रमण पुष्टि भएका दुई जना खप्तड छेडेदह गाउँपालिका र एक जना सदरमुकाम मार्तडीका रहेका जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले जानकारी गराए। सदरमुकाम मार्तडी र कोल्टी डेंगुको उच्च जोखिममा रहेकोले विशेष सर्तकता अपनाउनुपर्ने उनले बताए।