डडेल्धुरा। डडेल्धुरामा लागुऔषधसहित अछामका २ जना पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउलेबाट अछाम साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वाँर र अछामकै चौरपाटी गाउँपालिका-४ बस्ने ३२ वर्षीय गणेश धामीलाई प्रहरीले पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ०.३२० ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले आइतबार बिहान पौने ८ बजे उनीहरूलाई डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउलेबाट पक्राउ गरिएको बताए। सु.प.प्र.०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामी धनगढीबाट अछामतर्फ जाँदै गरेका थिए। उनीहरुलाई चेकजाँच गर्दा खैरो हेरोइन भेटिएको हो। पक्राउ परेका उनिहरु दुवै जनामाथी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।