बाजुरा। बाजुरामा भालुको आक्रमणबाट २५ बाख्रा मरेका छन्। भने पाँच बाख्रा सिकिस्त रहेका छन् । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ टिनका वीरबहादुर बोहराका ३० बाख्रा भालुको आक्रमणमा परेका हुन्।
बिहीबार दिउँसो गैरी पाटनको जंगलमा चरिरहेको बेला जंगली भालुले आक्रमण गरी मारेको हो। आक्रमणबाट २५ बाख्रा ठहरै रहेका छन् भने पाँच बाख्रा पनि सिकिस्त रहेको विच्छ्या प्रहरी चौकीबाट धनसिं धामीले जानकारी दिएका छन्। पहिले दुई बाख्रा चड्कनी हानेर बाखाका आँखा झिकेर खाएको र पछि २८ बाख्रालाई सोही भालुले चड्कन हान्दै मारिफालेको स्थानीय दलवीर बोहराले बताए।
भालु पीडित बोहराले आयस्रोतको प्रमुख माध्यम बाख्रा रहेको र वर्षौँ लगाएर पालेका बाख्राको बथानलाई एक दिनमै भालुले मारिदिएपछि निकै दुःखीत भएको बताए । घनघोर जङ्गलमा चरिरहेका बाख्रामाथि भालु जाइलाग्दा व्यवसायबाट विमुख बनाएको उनको भनाई छ। गत वर्षपनि हिमाली गाउँपालिका एक नातिखोलाका दुई परिवारका १ सय बढी भेडाबाख्रा भालुको आक्रमणबाट मरेका थिए । वर्षेनी सयौं भेडाबाख्रा बाघ भालुको सिकार हुने गरेको र किसानले वर्षेनी लाखौँ क्षति व्यहोर्नु परेको स्थानिय दिपचन्द्र पाण्डेले बताएका छन्।