डडेल्धुरा। डडेल्धुराकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन्। डडेल्धुराको परशुराम नगरपालिका-८ अैडुङ्ग्राकी विमला नेगीले अस्पताल लैजादै गर्दा बाटोमै शिशुलाई जन्म दिएकी हुन्।
प्रसव पीडा सुरु भएपछि उनलाई स्टेचरमा बोकेर अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीय कविता धमलाले बताइन्। यस अघि गत असार २७ गते डडेल्धुराको परशुराम नगरपालिका ८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी थिइन् । अस्पताल लग्न एम्बुलेन्स र स्टेचरसमेत नपाइएपछि पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लैजादै गर्दा बाटोमै शिशुलाई जन्म दिएकी थिइन् ।